जोडिनुहोस
बुधबार, फाल्गुन ६, २०८२
बुधबार, फाल्गुन ६, २०८२
  • होमपेज
  • सोल्टी होटेल्स् एण्ड रिसोर्टसले मनकामना हिल्समा लक्जरी रिसोर्ट संचालन गर्दै

सोल्टी होटेल्स् एण्ड रिसोर्टसले मनकामना हिल्समा लक्जरी रिसोर्ट संचालन गर्दै

सोल्टी होटेल्स् एण्ड रिसोर्टसले मनकामना देवी मन्दिरबाट ३०० मिटरको दुरीमा लक्जरी रिसोर्टस संचालनको घोषणा गरेको छ। नवनिर्मित होटेल सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना रिसोर्टसको स्वामित्व मनकामना रिट्रिट रिसोर्टस एण्ड स्पा प्रा. लि.मा निहित रहेको छ। सोल्टी होटेल्स् एण्ड रिसोर्टसले सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना ब्रान्डमा उक्त होटेल व्यावस्थापन तथा संचालन गर्ने भएको हो।

१०० रोपनी जग्गा परिसरमा फैलिएको यो रिसोर्टमा भौतिक सुविधा सम्पन्न अत्याधुनिक आन्तरिक साजसज्जाबाट सुसज्जीत ५१ पाहुना कोठाहरु, ३ हजार २०० वर्गफिटको अत्याधुनिक सुविधा सम्पन्न अतिथि सत्कार ब्यांकवेट हल, ५५ वर्ग मिटरको बैठक कक्ष, अनन्त दृश्यावलोकन सहितको खुला स्विमिङ पूल, दिनभरि खुला रहने रेस्टुरेन्ट, लबी बार, २४ घण्टा पाहुना कोठामा व्यन्जन सेवा सुबिधा, पूलसाइड सेवा सुविधाहरू, टेरेस, होटेलको अग्रभागमा सुन्दर बाग बगैचा तथा प्रतिष्ठित हिलटप रिट्रिट पाँच तारे स्तरको सेवा पाइने कम्पनीले जनाएको छ।

सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना, सोल्टी ब्रान्डको विस्तार रणनीतिमा महत्वपूर्ण कोसेढुंगा सावित हुने अपेक्षा गरिएको कम्पनीको छ। सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामना, धार्मिक तथा आध्यात्मिक पर्यटक तीर्थयात्रीहरू, छुट्टी मनाउन भ्रमण यर्ने पर्यटकहरू, व्यवसायीक रुपमा भ्रमण गर्ने कर्पोरेट यात्रुहरू, सभा समारोह तथा बैठकमा सहभागिता जनाउने गन्तव्यका अतिथिहरू र परिवारीक जमघटका लागि उपयुक्त गन्तव्यका रुपमा डिजाइन गरि सोल्टी वेस्टेण्ड रिसोर्ट संचालनमा ल्याएको जनाइएको छ।

सोल्टी वेस्टेण्ड रिसोर्ट सबै प्रकारका पर्यटकहरुलाई उपयुक्त हुने गरी परिष्कृत अतिथिगृहका रुपमा उत्कृष्ट र विलासितापुर्ण अनुभव प्राप्त गर्न सकिने गन्तब्यको रुपमा संचालन हुने जनाइएको छ।

शान्त, सुरभ्य र मनमोहक पर्वतीय श्रृंखलाबद्ध पहाडहरूको बीचमा अवस्थित रहको मनोरम हिमाली दृश्यहरू प्रदान गर्ने सोल्टी वेस्टेण्ड रिसोर्ट मनकामनामा अत्याधुनिक सुबिधा सम्पन्न पाहुना कोठाहरु सहितको समकालीन नेपाली आतिथ्य सुविधाहरुको समिश्रण रहेको भनिएको छ। यो होटेलले धार्मिक र आध्यात्मिक निकटतासँगै आधुनिक सुविधाहरु सहितका सेवाको अनुभव सहित शान्त र शौम्य वतावरण प्रदान गर्ने विश्वास लिइएको छ।

सोल्टी वेस्टेण्ड रिसोर्टमा सुन्दरतापूर्वक सुसज्जित आकर्षक पाहुना कोठाहरू र विशिष्ट अतिथिहरुका लागि निर्मित सुइटहरू रहेका छन्। यसबाट सुप्रशिद्ध मनकामना मन्दिर सेरोफेरो र वरपरको पर्वतीय ग्रामिण दृश्यको अविश्मरणीय दृश्यावलोकन गर्न सकिने भनिएको छ।

यहाँ स्वदेशी तथा विदेशी स्वादिष्ट भोजनको अनुभवका लागि अलडे रेस्टुरेन्ट, स्टाईलिस लबी बार, २४घण्टा इनरूम डाइनिङ र पूलसाइड सेवाहरु उपलब्ध हुनेछ। सोल्टी वेस्टेण्ड रिसोर्टमा विभिन्न सभा, सम्मेलन, प्रितिभोज समारोह, गन्तव्य विवाहत्सव, बैठक कार्यक्रम, तथा जमघटहरूका लागि अत्याधुनिक सुविधा सम्पन्न विशाल ब्यांकवेट हल, बैठक कक्षहरु, दृश्यात्मक टेरेस र सुन्दर ल्याण्डस्केप गरिएको खुला बगैँचा रहेको छ।

अतिथिहरूले पूर्ण सुसज्जित फिटनेस सेन्टर, स्पा, खुला योग डेक, छुट्टै बेबी पूल भएको स्वीमिङ पूल, बालबालिकाको क्षेत्र, जगिङ ट्र्याक र सौन्दर्यताले भरपिूर्ण प्राकृतिक दृश्यावलकन सहित हिँडाइहरूको आनन्द लिन सक्ने कम्पनीले जनाएको छ।

सोल्टी वेस्टेन्ड रिसोर्ट मनकामनाको उद्घघाटनले ब्रान्डको नवीनता, विस्तार र कालातीत तथा विशिष्ट नेपाली आतिथ्य प्रदान गर्ने निरन्तर समर्पणलाई प्रतिबिम्बित गर्ने विश्वास लिइएको छ।

0
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका