
लक्ष्मी सन्राइज बैंक लिमिटेडले सवा ३ लाख कित्ता संस्थापक शेयर बिक्रीमा राखेकाे छ। बैंकले आफ्ना संस्थापक शेयरधनीहरूको नाममा रहेको कुल ३ लाख १६ हजार ३०६ कित्ता शेयर बिक्री गर्ने प्रक्रिया अगाडि बढाएको हाे ।
बैंकले एक सार्वजनिक सूचना जारी गर्दै हाल कायम रहेका विद्यमान संस्थापक शेयरधनीहरूलाई उक्त शेयर खरिदका लागि प्राथमिकता दिएको छ।
शेयर खरिद गर्न इच्छुक विद्यमान संस्थापक शेयरधनीहरूले यो सूचना प्रकाशित भएको मितिले ३५ दिन भित्र आवश्यक विवरण खुलाई बैंकको मुख्य कार्यालय, हात्तीसार, काठमाडौंमा लिखित जानकारी गराउनु पर्नेछ।
तोकिएको ३५ दिने समयावधि भित्र विद्यमान संस्थापक शेयरधनीहरूबाट खरिदका लागि कुनै पनि आवेदन नआएमा प्रचलित कानुन बमोजिम अन्य प्रक्रिया अगाडि बढाइने बैंकले जनाएको छ। यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन २०७३ र नेपाल राष्ट्र बैंकको एकीकृत निर्देशन बमोजिम अन्य व्यक्ति वा संस्थाहरूलाई शेयर बिक्री गर्ने प्रक्रिया सुरु गरिनेछ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार



































































