जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • बससेवामार्फत टिकट काट्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरे क्यासब्याक पाइने

बससेवामार्फत टिकट काट्दा सानिमा बैंकको कार्डबाट भुक्तानी गरे क्यासब्याक पाइने

सानिमा बैंकले बससेवा क्यासब्याक अफर पुनः संचालनमा ल्याएको छ। अफरअन्तर्गत सानिमा बैंकका डेबिट वा क्रेडिट कार्ड प्रयोग गरी बससेवामार्फत बसको टिकट खरिद गर्ने ग्राहकहरूले आकर्षक क्यासब्याक सुविधा प्राप्त गर्ने बैंकले जनाएको छ।

बैंकका अनुसार नेपालभित्र यात्रा गर्दा १५५ वा अधिकतम २०० रुपैयाँसम्म तथा भारत यात्रा गर्दा १५५ वा अधिकतम ४०० रुपैयाँसम्मको क्यासब्याक प्राप्त गर्न सकिनेछ।

यो योजना २०८३ वैशाख १ गतेदेखि असोज ३१ गतेसम्म लागू हुनेछ।

यस अफरमार्फत सानिमा बैंकले डिजिटल भुक्तानी प्रणालीको प्रयोगलाई प्रोत्साहन गर्दै ग्राहकहरूलाई यथोचित सुविधा प्रदान गर्ने आफ्नो प्रतिबद्धता पुनः दोहोर्‍याएको छ। बैंकले नगदरहित अर्थतन्त्र निर्माणमा योगदान पुर्‍याउन विभिन्न क्यासब्याक योजना तथा छुटहरू उपलब्ध गराउँदै आएको छ।

455
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका