जोडिनुहोस
शनिबार, बैशाख १५, २०८१
शनिबार, बैशाख १५, २०८१
  • होमपेज
  • एक हप्तामा दुई अर्बले थपियो वाणिज्य बैंकको निक्षेप

एक हप्तामा दुई अर्बले थपियो वाणिज्य बैंकको निक्षेप

 एक हप्तामा वाणिज्य बैंकहरुमा दुई अर्ब रुपैयाँ निक्षेप थपिएको छ । नेपाल बैंकर्स संघको तथ्यांक अनुसार चैत्र ४ गतेदेखि ११ गतेसम्मको अवधिमा वाणिज्य बैंकहरुको निक्षेप दुई अर्ब रुपैयाँ बराबरले वृद्धि भएको हो ।  

चैत्र ४ गते शुक्रबारसम्म वाणिज्य बैंकहरुमा ४३ खर्ब २८ अर्ब रुपैयाँ निक्षेप थियो । उक्त निक्षेप संकलन बढेर चैत्र ११ गते शुक्रबारसम्म आइपुग्दा वाणिज्य बैंकहरुमा ४३ खर्ब ३० अर्ब रुपैयाँ पुगेको छ ।   

यस अवधिमा कर्जा प्रवाह पनि बढेको देखिन्छ । एक हप्ताको अवधिमा वाणिज्य बैंकहरुले दुई अर्ब कर्जा प्रवाह गरेको हुन् । संघको तथ्यांक अनुसार चैत्र ४ गतेसम्म वाणिज्य बैंकहरुले ४१ खर्ब ६८ अर्ब रुपैयाँ कर्जा प्रवाह गरेका थिए । उक्त कर्जा प्रवाह बढेर चैत्र ११ गतेसम्म आइपुग्दा ४१ खर्ब ७० अर्ब रुपैयाँ पुगेको हो ।    

3430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

Your email address will not be published. Required fields are marked *

हामी तपाईंको इमेल अरू कसैसँग साझा गर्दैनौं।

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?