जोडिनुहोस
शनिबार, जेष्ठ २३, २०८३
शनिबार, जेष्ठ २३, २०८३
  • होमपेज
  • आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य

आइजीआई प्रुडेन्सियल र नेपाल पुलिस फुटबल क्लबबीच सहकार्य

आइजीआई प्रुडेन्सियल इन्स्योरेन्स लिमिटेड र नेपाल पुलिस फुटबल क्लबबीच खेलकुद क्षेत्रको विकास तथा खेलाडीहरूको वित्तीय सुरक्षा अभिवृद्धि गर्ने उद्देश्यले एक सहकार्य सम्झौता भएको छ । सम्झौतापत्रमा कम्पनीका प्रमुख कार्यकारी अधिकृत युगेशभक्त बादे श्रेष्ठ र राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानका प्रहरी अतिरिक्त महानिरीक्षक शिद्धी बिक्रम शाहले हस्ताक्षर गर्नुभएको छ । यस सम्झौतापछि राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठानसँग आवद्ध खेलाडी, प्रशिक्षक, कर्मचारी तथा पदाधिकारीहरूलाई आइजीआई प्रुडेन्सियलका विभिन्न बीमा योजनामा आबद्ध गराई सेवा प्रदान गरिनेछ भने कम्पनीले क्लबलाई आर्थिक सहयोग समेत उपलब्ध गराउनेछ ।

कार्यक्रममा बोल्दै प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले नेपालको ऐतिहासिक र गौरवशाली क्लबसँग सहकार्य गर्न पाएकोमा खुसी व्यक्त गर्दै यसले खेलाडीहरूको मनोबल उच्च राख्न र समग्र खेलकुदको विकासमा योगदान पुग्ने बताउनुभयो । त्यस्तै, प्रहरी अतिरिक्त महानिरीक्षक शाहले खेलाडी विकासमा सहयोग गरेकोमा कम्पनीप्रति आभार व्यक्त गर्दै यस आर्थिक तथा प्राविधिक सहकार्यले क्लबको दीर्घकालीन विकास र संस्थागत सुदृढीकरणमा महत्वपूर्ण टेवा पुग्ने विश्वास व्यक्त गर्नुभयो ।

50
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?