निर्जीवन बीमा
शिखर इन्स्याेरेन्सलाई आइक्यानद्वारा वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड प्रदान

नेपालको निर्जिवन बीमा क्षेत्रकाे अग्रणी शिखर इन्स्योरेन्स कम्पनीले नेशनल वेस्ट प्रिजेन्टेड एनुअल रिपोर्ट अवार्ड–२०२५ अन्तर्गत गोल्ड अवार्ड प्राप्त गरी ऐतिहासिक सम्मान हासिल गरेको छ। नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्थाद्वारा आज काठमाडौँकाे होटेल याक एन्ड यती मा आयोजित एक विशेष समारोहका बिच उक्त प्रतिष्ठित अवार्ड शिखर इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत दिप प्रकाश पाण्डे तथा डेपुटी जनरल म्यानेजर सुरज राजवाहकले संयुक्त रूपमा ग्रहण गरे ।
आर्थिक वर्ष २०८१/८२ को वार्षिक वित्तीय प्रतिवेदनको उत्कृष्ट प्रस्तुति, वित्तीय पारदर्शिता, पर्याप्त खुलासा, नेपाल वित्तीय प्रतिवेदन मानहरू तथा अन्य लेखा मापदण्डहरूको प्रभावकारी पालना तथा संस्थागत सुशासनप्रतिको उच्च प्रतिबद्धतालाई मूल्याङ्कन गर्दै कम्पनीलाई उक्त सम्मान प्रदान गरिएको हो।
यस अवार्डले शिखर इन्लेस्याेरेन्सले वित्तीय जबाफदेहिता, पारदर्शिता तथा सुशासनलाई संस्थागत संस्कृतिका रूपमा आत्मसाथ गर्दै उत्कृष्ट अभ्यासलाई निरन्तरता दिइरहेको पुष्टि गर्दछ।
एक समारोहबिच आइक्यानका अध्यक्ष निल बहादुर सारू मगरले सम्मानपत्र सिईओ पाण्डेलाई हस्तान्तरण गरे । बीमा क्षेत्रकाे अग्रणी शिखर इन्स्याेरेन्स संस्थागत शुसासन, दावी भुक्तानी फर्च्याैटमा अग्र स्थानमा रहदै आएकाे छ ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार

















































