
नेपाल दूरसञ्चार प्राधिकरणको टेरामक्स प्रविधि खरिदमा अनियमितता भएको भन्दै दायर गरिएको भ्रष्टाचार मुद्दामा विशेष अदालतले पूर्वसञ्चारमन्त्री एवं नेपाली कांग्रेसका नेता मोहनबहादुर बस्नेतलाई सफाइ दिएको छ।
अदालतका सदस्यहरू हेमन्त रावल, डिल्लिरत्न श्रेष्ठ र उमेश कोइरालाको इजलासले सोमबार फैसला सुनाउँदै पूर्वमन्त्री बस्नेतलाई सफाइ दिएको हो। बस्नेतसँगै नेपाल दूरसञ्चार प्राधिकरणका तत्कालीन अध्यक्ष पुरुषोत्तम खनाल, निर्देशकहरू सुरेन्द्रलाल हाडा र विजय कुमार राय, उपनिर्देशकहरू रेवती राम पन्थ, सुरेश बस्नेत, हिरण्यप्रसाद बस्ताकोटी, दिपेश आचार्य, सन्दिप अधिकारी र अच्युतानन्द मिश्रले पनि सफाइ पाएका छन्।
तर, सोही मुद्दामा अदालतले प्राधिकरणका तत्कालीन अध्यक्ष दिगम्बर झा, तत्कालीन सदस्य एवं पूर्वकानुन सचिव धनराज ज्ञवाली र टीकाप्रसाद उप्रेतीलाई भने दोषी ठहर गरेको छ। दोषी ठहर भएका तीनै जनालाई अदालतले जनही एक वर्ष कैद र ५० हजार रुपैयाँ जरिवानाको सजाय सुनाएको छ।
अख्तियार दुरुपयोग अनुसन्धान आयोगले टेरामक्स प्रविधि खरिदमा व्यापक अनियमितता भएको दाबी गर्दै ३ अर्ब २१ करोड ८३ लाख ७७ हजार रुपैयाँ बिगो कायम गरी २०८२ जेठ १ गते पूर्वमन्त्री बस्नेतसहित १६ जनाविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको थियो। अख्तियारले मुद्दा दायर गरेको १४ महिनापछि अदालतले यस्तो फैसला सुनाएको हो।








सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































