
आर्थिक वर्ष २०८३/८४ शुक्रबारदेखि सुरु हुँदैछ। नयाँ आर्थिक वर्षसँगै सरकारले बजेटमार्फत घोषणा गरेको व्यक्तिगत आयकरको नयाँ व्यवस्था पनि साउन १ गतेदेखि लागू हुने भएको छ। आर्थिक ऐनअनुसार अब प्राकृतिक व्यक्तिको वार्षिक १० लाख रुपैयाँसम्मको आम्दानीमा १ प्रतिशत मात्रै आयकर लाग्नेछ। यसअघि १ प्रतिशत करको सीमा ५ लाख रुपैयाँसम्म मात्र कायम थियो।
नयाँ व्यवस्थाअनुसार १० लाखदेखि १५ लाख रुपैयाँसम्मको आम्दानीमा १० प्रतिशत, १५ लाखदेखि २५ लाख रुपैयाँसम्म २० प्रतिशत, २५ लाखदेखि ४० लाख रुपैयाँसम्म २७ प्रतिशत तथा ४० लाख रुपैयाँभन्दा माथिको आम्दानीमा अतिरिक्त रकममा २९ प्रतिशत कर लाग्नेछ। यसअघि लागू रहेको व्यवस्थामा उच्चतम आयकर दर ३९ प्रतिशतसम्म पुगेको थियो। सरकारले नयाँ कर संरचनामार्फत करदातामाथिको भार घटाउने र आयकर प्रणालीलाई थप सहज बनाउने लक्ष्य लिएको जनाएको छ। नयाँ आयकर दर साउन १ गतेदेखि लागू हुने आर्थिक वर्ष २०८३/८४ का लागि प्रभावकारी हुनेछ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार


















































