८ अर्ब चुक्ता पुँजी करिब एक सय शाखा ७५ एटिएम भएको बैंक अफ काठमाण्डू लिमिटेड एकै दिन ८ वटा गाउँपालिकामा शाखा स्थापना गर्न सफल भएको छ । पछिल्लो समय बैंकका सबै सूचकमा अब्बल सावित भएको बैंक विओके शाखा विस्तारमा पनि आक्रमक बन्दै गएको देखिन्छ ।
बैंक अफ काठमाण्डू लि.ले आफ्नो सेवा तथा सुविधाहरुलाई थप बिस्तार गर्ने उद्देश्यले ८ वटा थप शाखाबाट सेवा बिस्तार गरेको देखिन्छ । यी शाखाहरु ईन्द्रसरोवर¬, मकवानपुर; गढीमाइ, रौतहट; तीनपाटन, सिन्धुली; इस्मा, गुल्मी; छिन्नमस्ता, सप्तरी; मालिका, गुल्मी; खनियाबास, धादिङ्ग; पातारासी, जुम्ला गाँऊपालिकामा स्थित छन् ।
आर्थिक वर्ष २०७५÷२०७६ को दोस्रो त्रैमासिकको अन्त्यसम्म बैंकले कुल निक्षेप रु.८०.२१ अर्ब परिचालन गरी कुल कर्जा रु. ७३.५३ अर्व प्रवाह गरेको छ । हाल बैंकले ८४ शाखा, ७५ एटिएम तथा ८ वटा एक्टेन्सन् काउण्टरबाट आफ्नो ग्राहक वर्गलाई सम्पूर्ण बैंकिङ्ग सेवा प्रदान गर्दै आइरहेको देखिन्छ ।
पूराना कर्जा उठाए पछि बैंकले काँचुली नै फेरेको छ । विओके लुम्बिनी बैंक मिलेर बैंक अफ काठमाण्डू लिमिटेड बनेपछि बैंकले अरु बैंक भन्दा अब्बल तरिकाले सबै सूचकमा फड्को मारेको खुलेको छ ।