समाचार
एनएमबि बैंकको कारोबार आज दिनभर बन्द हुने
एनएमबि बैंक र ओम डेभलपमेन्ट बैंकको ११ गतेबाट एकिकृत कारोबार
0 टिप्पणी
एनएमबि बैंक लिमिटेडको आज दिनभरी बैंकिङ सेवा बन्द हुने भएको छ । एनएमबि बैंक लिमिटेड र ओम डेभलपमेन्ट बैंक लिमिटेड मर्जर भई एकिकृत कारोबार असोज ११ बाट हुने भएको कारण देखाउदै बैंकले असोज १० गते शुक्रबार बंकिङ सेवा बन्द हुने सार्जजनिक सूचना निकाली जानकारी दिएको छ ।
कास्की जिल्ला पोखरा महानगरपालिका वडा नं. ५ चिप्लेढुङ्गा स्थित मुख्य कार्याल रहेको ओम डेभलपमेन्ट बैंक लि.लाई एनएमबि बैंकले आफुसंग मर्ज गराई २०७६ असोज ११ गतेकाट एकिकृत कारोबार गर्दैछ । ओम डेभलपमेन्ट बैंक लि. यस अघि प्राइम कमर्शियल बैंकसंग मर्जरको सम्झौता भए पनि प्राइम कर्मशियल बैंककै आन्तरिक मनमुटाबका कारण मर्जरले पूर्णता पाएको थिएन ।