जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • सुनको भाउ तोलामा ६ सयले घट्यो

सुनको भाउ तोलामा ६ सयले घट्यो

साताको पहिलो दिन आइतबार सुनको भाउ घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुन तोलामा ६ सय रुपैयाँले सस्तो भएको हो।

शुक्रबार प्रतितोला ७२ हजार ८ सय रुपैयाँमा कारोबार भएको छापावाल सुनको भाउ आइतबार ७२ हजार २ सय रुपैयाँ तोकिएको छ। दसैंको पहिलो दिन नेपाली बजारमा सुन सामान्य सस्तो भएको महासंघले जनाएको छ।

सुनको भाउसँगै चाँदीको भाउ पनि ओरालो लागेको छ। चाँदी प्रतितोला ८४५ रुपैयाँमा कारोबार भइरहेको छ। चाँदीको भाउ शुक्रबार प्रतितोला ८६० रुपैयाँ थियो।

11580
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?