जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

लक्ष्मी बैंकको नाफा ३२ प्रतिशतले बढ्यो

चालु आर्थिक बर्षको पहिलो त्रैमासमा लक्ष्मी बैंक र प्राइम कमर्सियल बैंकले गत नाफा बढाएका छन्।

लक्ष्मी बैंकले तीन महिनामा ३२ प्रतिशतले नाफा बढाएको छ। तीन महिनाको अवधिमा बैंकले ४० करोड १९ लाख रुपैयाँ नाफा गरेको छ। गत वर्षको यही अवधिमा ३० करोड ३० लाख रुपैयाँ थियो।

खुद व्याज आम्दानी १६ प्रतिशतले बढेर ८६ करोड ५७ लाख रुपैयाँ आर्जन गरेको छ। तीन महिनाको अवधिमा निक्षेप संकलन २.३४ प्रतिशतले बढ्दा ऋण लगानी भने ४.८० प्रतिशतले बढेको छ। बैंकले यही अवधिमा ८२ अर्ब २० करोड रुपैयाँ निक्षेप संकलन गरी ७८ अर्ब १९ करोड रुपैयाँ ऋण लगानी गरेको छ।

चुक्ता पूँजी ८ अर्ब ९२ करोड रुपैयाँ छ भने जगेडामा दुई अर्ब २४ करोड रुपैयाँ जम्मा गरेको छ। पूँजीकोष अनुपात १२.३६ प्रतिशतबाट खुम्चिएर ११.९० प्रतिशतमा झरेको छ। खराव कर्जा १.५० प्रतिशतबाट सुधार भइ १.०४ प्रतिशतमा झार्न सफल भएको छ।

बैंकको कस्ट अफ फण्ड घटेर ७.१९ प्रतिशतमा झरेको छ। आधार व्याजदर १०.२४ प्रतिशत छ भने स्प्रेडदर ४.०५ प्रतिशतबाट बढेर ४.३३ प्रतिशत पुर्याएको छ। प्रति शेयर आम्दानी चार रुपैयाँले सुधार भएर १८ रुपैयाँ पुगेको छ।

प्राइम बैंकले गत आर्थिक वर्षको पहिलो त्रैमाशको तुलनामा १३.३७ प्रतिशतले नाफा सुधार गरेको छ। बैंकले तीन महिनाको अवधिमा ६५ करोड ९७ लाख रुपैयाँ नाफा आर्जन गरेको छ। गत वर्षको सोहि अवधिमा ५८ करोड १९ लाख रुपैयाँ थियो।

6785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?