जोडिनुहोस
आइतवार, चैत्र ३१, २०८१
आइतवार, चैत्र ३१, २०८१
  • होमपेज
  • प्रभु बैंकको पिङ्गलास्थान शाखा कार्यालय सञ्चालन

प्रभु बैंकको पिङ्गलास्थान शाखा कार्यालय सञ्चालन

प्रभु बैंक लिमिटेडले आप्mनो शाखा सञ्जाल विस्तार गर्ने क्रममा काठमाण्डौं महानगरपालिका वडा नं. ०८ गौशाला स्थित पिङ्गलास्थानमा आप्mनो १९७ औं शाखा खोली सञ्चालनमा ल्याएको छ । बैंकको पिङ्गलास्थानमा शाखा कार्यालयको पशुपति क्षेत्र विकास कोषका सदस्य सचिव डा. प्रदीप ढकालज्युले विहान १०ः ०० बजे समुद्घाटन गर्नु भएको हो ।
बैंकको पिङ्गलास्थान शाखा कार्यालयको समुद्घाटन गर्दै प्रमुख अतिथी डा. प्रदिप ढकालज्युले प्रभु बैंकले आप्mनो बैंकको व्यावसायिक सञ्जाल विस्तार गर्दै बैंकिङ्ग पहुँच नपुगेको ठाउँमा आप्mनो शाखा कार्यालय सञ्चालनमा ल्याएर सर्वसाधारणको घर आँगनसम्म सरल र सहज रुपमा बैंकिङ्ग सेवा विस्तार गरी प्रशंसनीय कार्य गरेको तथा प्रभु बैंकको यो अभियानले बैंकिङ्ग पहुँचमा वृद्धि भएको मात्र नभई समग्र देशको आर्थिक विकासमा सकारात्मक टेवा पुगेको बताउदै प्रभु बैंकलाई सफलताको लागि शुभकामना व्यतm गर्नु भयो। बैंकको पिङ्गलास्थान शाखा कार्यालय समुद्घाटन कार्यक्रममा विभिन्न संघ संस्थाका प्रतिनिधिहरु, स्थानीय व्यापारी, बुद्धिजिवी लगायत ठूलो संख्यामा सर्वसाधारणको उपस्थिति रहेको थियो ।

बैंकको पिङ्गलास्थान शाखा कार्यालयबाट प्रभु बैंकको गुणस्तरीय एवं अत्याधुनिक प्रविधियुक्त बैंकिङ्ग सेवा प्रवाह हुनेभएकोले यहाँका स्थानीय बासिन्दा, सर्वसाधारणहरु, व्यवसायिक फर्म, कम्पनी तथा संघ संस्थाहरुले गुणस्तरीय सेवा उपभोग गरी लाभान्वित हुने र आर्थिक कारोबारमा सहजता थप बढाउने बैंकले विश्वास लिएको छ ।

5985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?