जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • इन्फ्रास्ट्रक्चर बैंकले अफसोर ऋणपत्र जारी गर्ने

इन्फ्रास्ट्रक्चर बैंकले अफसोर ऋणपत्र जारी गर्ने

नेपाल इन्फ्रस्ट्रक्चर बैंकले पाँच अर्ब रुपैयाँ बराबरको अफसोर बण्ड जारी गर्ने भएको छ। बैंकले विदेशी वित्तीय बजारबाट यो पैसा भित्र्याउने भएको हो।

बार्षिक साधारणसभामा बोल्दै बैंकका अध्यक्ष अनुज अग्रवालले विदेशबाट पैसा ल्याउने तयारी भइरहेको बताएका हुन्। उनले यो बण्ड लण्डन स्टक एक्सचेञ्जमा सूचिकृत हुने पनि बताए।

उनले आगामी १० वर्षभित्र नेपालको विकासको लागि १०० खर्ब रुपैयाँ लाग्ने अनुमान गरिएको बताउँदै उनले यसमध्ये इन्फ्रास्ट्रक्चर बैंकबाट केही योगदान पुर्याउने बताए।

बैंकले प्राथमिक शेयर निष्काशन पनि गर्ने भएको छ। बैंकले एक बर्षभित्र ८ अर्बको साधारण शेयर जारी गर्ने तयारी गरेको छ। २० अर्ब रुपैयाँ शेयर पूँजी, ५ अर्ब रुपैयाँको अफसोर बण्ड र ५० करोड रुपैयाँको निक्षेप सहित २५ अर्ब ५० करोड रुपैयाँ पुर्वाधार क्षेत्रमा लगानी गर्न सक्ने अवस्थामा बैंक पुग्न लागेको उनले जानकारी दिए।

अहिले बैंकले कास्कीको ३२ मेगावाट क्षमताको झ्यामोलोङ्गमा हाइड्रोपावर डेभलपमेन्ट कम्पनीमा एक अर्ब ५० करोड रुपैयाँ कर्जा लगानी गर्ने भएको छ। त्यस्तै मिडल मेवा हाइड्रोपावर प्रोजेक्ट निर्माणको लागि एक अर्ब ५० करोड रुपैयाँ कर्जा प्रवाह गर्ने भएको छ।

बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल ज्ञवालीले गत आर्थिक वर्ष पारिश्रमिक, भत्ता तथा अन्य सुविधा बापत ७७ लाख ७५ हजार रुपैयाँ बुझेका छन्। उनीसहित उच्च व्यवस्थापनले भने दुई करोड ४४ लाख रुपैयाँ पाएका छन्।

पूर्वाधार क्षेत्रमा लगानी गर्ने उद्देश्यसहित गत वर्षदेखि सञ्चालनमा आएको बैंकले आइतबार प्रथम वार्षिक साधारणसभा गरेको हो। बैंकले जारी पूँजीको ४० प्रतिशत शेयर जारी गर्ने छ। यसमध्ये ०.२ प्रतिशत कर्मचारीका लागि छुट्याइएको छ।

9215
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका