जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • बिओकेको संस्थापक सेयर बिक्रीमा

बिओकेको संस्थापक सेयर बिक्रीमा

बैंक अफ काठमाण्डू (बिओके) को न्यूनतम ६ करोड रूपैयाँ हाराहारीको संस्थापक सेयर बिक्रीमा राखिएको छ। बैंकको संस्थापक समूहको सेयर कसैले पनि नकिनेपछि सर्वसाधारणलाई बिक्री खुला गरिएको हो।

बैंकको कुल ३ लाख ७० हजार ३५६ कित्ता सेयर बिक्रीमा राखिएको छ। १०० रूपैयाँ अंकित दरका सेयरको न्यूनतम मूल्य १६० रुपैयाँ कबुल गर्नुपर्ने हुन्छ। योभन्दामाथि जति पनि कबुल गरेर सेयर उठाउन पाइने छ।

१६० रूपैयाँका दरले बिक्री भएमा यसको कुल मूल्यांकन ५ करोड ९२ लाख ५६ हजार ९ सय ६० रूपैयाँ हुन आउँछ। यसमा प्रतिकित्ता ६० रूपैयाँमा पुँजीगत लाभकर तिर्नुपर्ने हुन्छ।

बैंकको संस्थापक सेयर किन्नका लागि माघ १५ देखि २२ गतेसम्म आवेदन दिन सकिन्छ। बैंकको सेयर बिक्री गर्ने जिम्मा एनएमबि क्यापिटललाई दिइएको छ। नेपाल स्टक एक्सचेञ्जका अनुसार कम्पनीको संस्थापक सेयरको पछिल्लो कारोबार प्रतिकित्ता १ सय ३७ रूपैयाँका दरले भएको छ। त्यसअघि १ सय ६० रूपैयाँका दरले भएको थियो ।

7625
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?