जोडिनुहोस
सोमवार, असार १, २०८३
सोमवार, असार १, २०८३
  • होमपेज
  • सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी बैंकद्वारा केदारेश्वर धामलाई सहयोग

सेञ्चुरी कमर्सियल बैंकको बाँसगढी शाखाले बैंकको संस्थागत सामाजिक उत्तरदायित्व अन्तर्गत केदारेश्वर धामलाई यस धाममा भ्रमणको लागि आउने भक्तजनको लागि सफा पानीे उपलब्ध गराउनको निम्ति एक थान एक हजार लिटरको पानी ट्यांङ्की साथै यस धामको नियमित सरसफाईको लागि उक्त धाममा आएका भक्तजनबाट सहयोग स्वरूप बीसका पाँच हजार थान टिकट हस्तान्तरण गरेको छ ।

पानीट्यांङ्की र टिकट बंैकका बाँसगढी शाखाका शाखा प्रबन्धक प्रदीप खरेलले केदारेश्वर धामका सञ्चालक समितिका अध्यक्ष कृष्ण प्रसाद बास्तोलालाई हस्तान्तरण गरिएकोे बैंकले जनाएको छ । केदारेश्वर धाम मध्यपश्चिम विकास क्षेत्रको बर्दिया जिल्ला बाँसगढीमा रहेको र यो मध्यपश्चिम विकास क्षेत्रकै ठुलो शिबलिङ्ग हुनुका साथै नेपाल सरकारको सय पर्यटकीय गन्तब्यमा पर्न सफल धाम हो ।

11040
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर