
सेक्युरिटी प्रिन्टिङ प्रेस खरिद गर्न सञ्चारमन्त्री गोकुल बाँस्कोटाले कमिसन मागेको प्रकरणले संसदको खरिद लेखा समितिले छानबिन गर्ने भएको छ। बिहीबार बसेको लेखा समिति बैठकमा खरिद प्रकरण रोकेर तत्काल छानबिन प्रक्रिया अगाडी बढाउने निर्णय गरेको छ।
यो प्रकरणसँग सम्पूर्ण फाइल मगाएको छ। खरिद गर्न अघि मन्त्री बाँस्कोटा अध्ययन भ्रमणका लागि गएका थिए। सञ्चार सचिव दीपक सुवेदी, सुरक्षण मुद्रण केन्द्रका प्रमुख कार्यकारी अधिकृत विकल पौडेलसँग लेखा समितिले जानकारी लिएको थियो। तर उनीहरुले राम्रो जवाफ नदिएपछि समितिका सदस्यहरुले आक्रोश पोखेका थिए। उनीहरुलाई सम्पूर्ण बुझेर आउन निर्देशन दिइएको छ।
सो मेसिन खरिदमा मन्त्री बाँस्कोटाले घुस मागेको अडियो रेकर्ड सार्वजनिक भएको थियो। स्वीस कम्पनीका नेपाल एजेण्ट विजय प्रकाश मिश्रबीच भएको ‘कमिसन डिलिङ’को अडियो सार्वजनिक भएको हो। सरकारले सुरुमा स्वीस कम्पनीलाई दिने भनिएपनि पछिल्लो समयमा जर्मनी कम्पनीलाई दिन लागिएपछि अडियो सार्वजनिक भएको बताइएको छ।
उक्त अडियोमा बाँस्कोटाले सोधेका छन् ‘सकेसम्म २५ देखि २७ अर्बमा सकाउन पाए हुन्थ्यो। मानौ २५ निस्कियो भने कति हुन्छ?’ मिश्रले जवाफ दिएका छन् ‘७० जति आउला की। आउट अफ ट्रयाक नजाँदा ७० जति आउला की ।’ त्यति भनेपछि बाँस्कोटाले सोधे ‘तपाइलाई के गर्छन? छुट्टै गर्छन? मिश्रले भनेका छन् ‘टोटल ७४ जति आउँछ भन्ने हाम्रो अनुमान छ। यसमा ७० प्रतिशत तपाइहरुलाई दिने हो, हामीले ३० प्रतिशत राख्ने हो। यो एकदमै ट्रान्सपरेन्ट हुन्छ।’
यो फोन वार्तापछि बाँस्कोटाले फेरि सोधे ‘ त्यो भनेको कति हुन्छ? मिश्रले भने ‘५४ देखि ५५ करोड तपाइहरुलाई दिने १५ देखि १६ हामीले राख्ने। हामीले पनि त अलि अलि राख्नुपर्यो नि। आउट अफ ट्याक गइयो भने।’



सम्बन्धित समाचार
लोकप्रिय समाचार






































































