जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा शाखा सुर्खेतको बीरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंकको नयाँ शाखा शाखा सुर्खेतको बीरेन्द्रनगरमा

राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले सुर्खेत जिल्लाको बीरेन्द्रनगर नगरपालिका वडा नं।–६ स्थित शाखा कार्यालय बिरेन्द्रनगर सञ्चालनमा ल्याएको छ । कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले साइनबोर्ड अनावरण गरी बैंकको २४१ औं शाखा कार्यालयको आईतबार समुदघाट्न गरेका हुन् ।

उक्त अवसरमा कर्णाली प्रदेश सरकारका आर्थिक मामिला तथा योजना मन्त्री प्रकाश ज्वालाले रावाबैंक पूर्ण सरकारी बैंक भएकाले सरकारलाई सहयोग गर्नुपर्ने र बैंक नाफामुखीभन्दा पनि थप सेवामुखी हुनुपर्ने बताए । उनले महामारीको समयमा पनि बैंकले शाखा स्थापना गरी कर्णालीबासीलाई थप बैंकिङ्ग सेवा उपलब्ध गराएकोमा बैंक परिवारलाई धन्यवाद व्यक्त गरे ।

बैकको कर्णाली प्रादेशिक प्रबन्धक रामकुमार थापाको अध्यक्षतामा भएको कार्यक्रममा नेपाल राष्ट्र बैंक कर्णाली प्रादेशिक कार्यालयका प्रमुख डा। शालीकराम पोख्रेलले शाखाको सफलताको शुभकामना व्यक्त गरेका थिए ।

कार्यक्रममा शाखा कार्यालय बिरेन्द्रनगरका प्रबन्धक जयप्रसाद बरालले स्वागत मन्तब्य व्यक्त गरेका थिए । बैंकको हाल सातै प्रदेस, ७७ जिल्लामा २४१ वटा शाखा कार्यालय, २०५ वटा एटिएम र ९३ वटा शाखा रहित बैंकिङ्ग रहेको छ ।

12225
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्