जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • सानिमा जनरल इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

सानिमा जनरल इन्स्योरेन्सको एक करोड कित्ता सेयर नेप्सेमा सूचीकृत

सानिमा जनरल इन्स्योरेन्सले प्राथमिक निष्कासन (आईपीओ) मार्फत बिक्री गरेको साधारण सेयर मंगलबार नेपाल स्टक एक्सचेञ्ज(नेप्से) मा सूचीकृत भएको छ। सर्वसाधारणका साथै कम्पनीको स्थापक सेयर पनि नेप्सेमा सूचीकृत भएको जनाइएको छ।

सर्वसाधारणलाई बिक्री गरिएको र संस्थापकको गरी सानिमा जनरलको कुल एक करोड कित्ता सेयर सूचीकृत भएको हो। यससँगै सेयरधनीहरुले कात्तिक १९ बुधबारदेखि दोस्रो बजारमा यसको कारोबार गर्न पाउने भएका छन्। कम्पनीले लगानीकर्ताको डिम्याट खातामा कात्तिक १४ गते सेयर जम्मा गरिसकेको छ।

नेप्सेले कम्पनीको पहिलो कारोबारको लागि मूल्य रेञ्ज १०३.७३ देखि ३११.१९ तोकेको छ। नेप्सेले कम्पनीको नेटवर्थको तीन गुणासम्म पहिलो कारोबारको ओपन रेञ्ज तोक्ने गर्दछ ।

सानिमा जनरल इन्स्योरेन्सले असोज २१ देखि २५ गतेसम्म कुल ३० लाख कित्ता सेयर निष्कासन गरेको थियो। जसमा १ लाख २० हजार कित्ता कम्पनीका कर्मचारीहरुका लागि र १ लाख ५० हजार कित्ता सामुहिक लगानी कोषका लागि छुट्याइ बाँकी रहेको २७ लाख ३० हजार कित्ता सर्वसाधारणले पाएका थिए।

यसअघि चुक्ता पुँजी  ७० करोड रहेको सानिमा जनरलको जारी पुँजी एक अर्ब रहेको छ। सर्वसाधारणलाई सेयर बिक्री गरेपछि कम्पनीको चुक्ता पुँजी पनि जारी पुँजी बराबरको रकम (एक अर्ब रुपैयाँ)  कायम भएको छ।

5430
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?