जोडिनुहोस
शुक्रबार, मंसिर ७, २०८१
शुक्रबार, मंसिर ७, २०८१
  • होमपेज
  • आइक्यान परिषदमा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

आइक्यान परिषदमा प्रस्तुत प्रतिवेदनमा सिए संघको आपत्ति

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था (आइक्यान)को परिषदद्वारा गठित ‘रजिष्टर्ड अडिटर्स प्रोफेसनल डेभलपमेन्ट टास्क फोर्स’ले परिषदमा पेस गरेको प्रतिवेदनमा समेटिएका केही विषयप्रति यस नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संघको गम्भीर ध्यानाकर्षण भएको छ । संघ प्रतिवेदनका विवादास्पद सिफारिसप्रति पूणतः असहमति प्रकट गर्दछ ।

स्त्तरोन्नतिको नाममा अवैज्ञानिक ढंगले चार्टर्ड एकाउन्टेन्टहरुको गुणस्तर, अन्तर्राष्ट्रिय मान्यता तथा समग्रमा लेखा व्यवसायीको सामाजिक प्रतिष्ठामा आँच आउने गरी विशेष छुट दिन नहुने संघको अडान छ । उक्त प्रतिवेदनमार्फत अघि सारिएका विभिन्न प्रस्तावमा यस संघको गम्भीर आपत्ति छ । परिषद प्रस्तुत विवादास्पद विषयहरु खारेज गर्न पनि संघले जोडदार माग गरेको छ ।

चार्टर्ड एकाउन्टेन्सी शिक्षाका अन्तर्राष्ट्रिय मापदण्ड, प्रणाली र परम्पराविपरीत हुने गरी प्रतिवेदनमार्फत प्रस्ताव गरिएका विषयवस्तुमा संघले चार्टर्ड एकाउन्टेन्सी शिक्षाका सरोकारवालासँग छलफल गरिरहेको छ ।

कुनै पनि शक्षिामा शिक्षामा सहज र छोटो तर अपूर्ण बाटो अपनाउँदा त्यसमार्फत दक्ष जनशक्ति उत्पादन गर्न सकिँदैन र त्यो जनशक्तिले अपेक्षित परिणाम दिन पनि सक्दैन । तर प्रतिवेदनले सजिलो र छोटो बाटोबाट चार्टर्ड एकाउन्टेन्ट उत्पादन गर्ने गरी प्रस्ताव अघि सारेकोमा संघको गम्भीर असहमति रहेको महासचिव तेजप्रसाद सुवेदीले जनाएका छन् ।

नेपाल चार्टर्ड एकाउन्टेन्ट संस्थाका पूर्वअध्यक्ष, संघका पूर्वअध्यक्ष, सरोकारवाला, सरकारी निकायका पेसासम्बद्ध विशिष्ट व्यक्ति, सिए अध्ययनरत विद्यार्थी लगायतका धारणा चार्टर्ड एकाउन्टेन्ट्स शिक्षाको उपाधिका सन्दर्भमा कायम भएका व्यवस्थाबाहेक कुनै पनि किसिमको अतिरिक्त छुट दिन नहुने कुरामा सबैको ऐक्यबद्धता रहेको छ ।

रजिष्टर्ड अडिटरहरुको क्षमता अभिवृद्धि हुनुपर्छ भन्नेमा संघको आपत्ति नभएको तर वैज्ञानिक र समय सान्दर्भिक सुझावविपरीत कदम चालिए कडा संघर्षमा उत्रिने चेतावनी अडिटरहरुको छ । साथै, लेखा व्यवसायमा दूरगामी असर पार्ने नीतिगत निर्णय गर्दा, सरोकारवालासँग आवश्यक छलफल र परामर्श गर्न पनि आग्रह गरेको छ ।

4165
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका