
तीन वटै सरकारी बैंकका अध्यक्षले राजीनामा दिएका छन् । सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकका अध्यक्ष देवकुमार ढकाल, कृषि विकास बैंकका अध्यक्ष डिमप्रसाद पौडेल र नेपाल बैंकका अध्यक्ष डिल्लीराज शर्माले राजीनामा दिएका हुन् । उनीहरु तीनैजनाले प्रधानमन्त्री बालेन्द्र शाह (बालेन) नेतृत्वको सरकारलाई सहयोग भन्ने उद्देश्यले पदबाट राजीनामा दिएको बताएका छन् । उनीहरुले अर्थ मन्त्रालयको वित्तीय क्षेत्र व्यवस्थापन तथा संस्थान समन्वय महाशाखामा राजीनामा बुझाएका छन् ।
तीनवटै बैंकका अध्यक्षसँगै अन्य सञ्चालकहरुले समेत राजीनामा दिएका छन् । अध्यक्षसँगै सरकारले नियुक्त गरेका र अर्थ मन्त्रालयका तर्फबाट प्रतिनिधित्व भएका सञ्चालकहरुले बुधबार नै राजीनामा दिएका हुन् । यसो त सरकारले ल्याएको अध्यादेशले राष्ट्र बैंक र बैंकका अध्यक्ष र सञ्चालकलाई छोएको थिएन । तर, सरकारले सरकारी बैंकमा राजनीतिक नियुक्ति पाएका पदाधिकारीलाई राजीनामा दिन आग्रह गरेको थियो । सोही आग्रह अनुसार बैंकका अध्यक्ष र सञ्चालकले राजीनामा बुझाएका हुन् ।
सम्बन्धित समाचार


लोकप्रिय समाचार
















































