जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • एसियन लाइफले बढायो जीवन बीमा कोष र कर्जा लगानी

एसियन लाइफले बढायो जीवन बीमा कोष र कर्जा लगानी

एसियन लाइफ इन्स्योरेन्सले जीवन बीमा कोष २३ अर्ब ६ करोड पुर्‍याएको छ। वीरगन्जमा शनिबार आयोजित ११ औं वार्षिक साधारणसभामा कम्पनीले कोष वृद्धिसँगै कर्जा लगानी र बीमा शुल्क आर्जन बढाएको जानकारी दिइएको हो।

कोरोनाका कारण सिर्जित असहज परिस्थितिमा पपनि कम्पनीले कारोबार निरन्तर वृद्धि गर्दै लगेको जनाएको छ। लगानी र कर्जा २४ अर्ब १६ करोड पुर्‍याएको कम्पनीले चालु वर्षको मंसिरसम्ममा बीमा शुल्कतर्फ २ अर्ब ३२ करोड रूपैयाँ आर्जन गरेको छ।

सभामा सञ्चालक समिति सदस्यहरूले कोरोनाको संकटका समयमा पनि कम्पनीले निराश हुनु नपर्नेगरी कारोबार गरेको बताए। समितिका तर्फबाट अध्यक्ष दीपककुमार श्रेष्ठले प्रस्तुत गरेको कम्पनीको २०७४/७५ को वार्षिक प्रतिवेदन पारित भएको छ।

देशभर गरेर शाखा ३९ र उपशाखा १०१ वटा पुर्‍याएको छ। कम्पनीले बालबालिका लक्षित बाल भविष्य, पेन्सन, सावधिक, अग्रिम भुक्तानी सावधिक, सुखी जीवन, नवरत्न, सुरक्षा प्लस, धन समृद्धि, धनलाभ र कर्जा सुरक्षासहित २२ प्रकारका बीमा योजनाहरू सञ्चालन गरेको निमित्त कार्यकारी अधिकृत होमबहादुर श्रेष्ठले बताए।

6045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका