जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १७ औं वर्षमा, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता

लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी १७ औं वर्षमा, उत्कृष्ट बीमा सेवा प्रवाह गर्ने प्रतिबद्धता
लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनी आजबाट १७ औं वर्षमा प्रवेश गरेको छ । कम्पनी रजिष्टारको कार्यालयमा दर्ता भएको दिनलाई कम्पनीले बार्षिकोत्सवको रुपमा मनाउने निर्णय गरे अनुसार आज १७ औं बार्षिकोत्सव मनाउन लागेको हो । २०६१ सालमा आजकै दिनमा दर्ता भएको कम्पनीले २०६२ साल साउन २ गतेबाट औपचारिक रुमपा कारोबार सुरु गरेको थियो ।

कोभिडका कारण कम्पनीले बार्षिकोत्सवको अवसरमा कुनै भव्य कार्यक्रम नगरे पनि बीमा जनचेतना मूलक विभिन्न प्रचार प्रसारका कामहरु गरेको जनाएको छ ।

बार्षिकोत्सवको अवसरमा कम्पनीका सिईओ नूर प्रकाश प्रधानले उत्कृष्ट सेवामा ध्यान दिने प्रतिबद्धता व्यक्त गरेका छन् । उनले भने, ‘अहिलेको परिस्थिति, आर्थिक अवस्थाले गर्दा नयाँ प्रतिबद्धता दिने अवस्था छैन, हामी सरल, सहज र उत्कृष्ट सेवा दिएर बीमा व्यवसाय बृद्धि गर्ने प्रतिबद्धता व्यक्त गर्दछौं ।’

6060
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका