जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा माघ ८ गते, २ जना सञ्चालक चयन, मर्जरको पनि प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारणसभा माघ ८ गते, २ जना सञ्चालक चयन, मर्जरको पनि प्रस्ताव

नेपाल इन्भेष्टमेन्ट बैंकले माघ ८ गते वार्षिक साधारणसभा डाकेको छ। बैंकले साधारणसभामा साढे १८ प्रतिशत लाभांश पारित गर्ने एजेण्डा राखेको छ।

नगद लाभांश साढे ५ प्रतिशत र बोनस सेयर १३ प्रतिशत प्रस्ताव गरेको छ। यसबाहेक अधिकृत पुँजी १८ अर्ब रुपैयाँ पुर्‍याउने एजेण्डा पनि साधारणसभामा लैजाँदैछ।

साधारणसभाले सर्वसाधारण सेयरधनीबाट २ जना सञ्चालक चयन गर्ने छ। साथै मर्जर तथा प्राप्तिको एजेण्डा पनि लैजाँदै छ।

उपयुक्त संस्था भेटिए मर्जर तथा प्राप्तिका लागि समझदारी पत्रमा हस्ताक्षर गर्ने, डीडीए गर्ने लगायतका अख्तियार सञ्चालक समितिलाई दिने प्रस्ताव पनि साधारणसभामा लैजाँदैछ।

बैंकले गत आर्थिक बर्ष ६५ करोड २३ लाख रुपैयाँ वितरणयोग्य नाफा गरेको थियो। चालु वर्षको पहिलो त्रैमासमा बैंकको नाफा २० करोड ५० लाख रुपैयाँ छ। १४ अर्ब २४ करोड रुपैयाँ चुक्ता पुँजी रहेको बैंकको जगेडा कोषमा १३ अर्ब ८७ करोड रुपैयाँ छ

5355
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका