जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा बिहिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको साधारण सभा बिहिबार

नेपाल इन्भेष्टमेन्ट बैंकको ३४ औं वार्षिक साधारणसभा माघ ८ गते (बिहिबार) हुने भएको छ । बैंकको केन्द्रीय कार्यालयमा बिहान १० बजे सभा आयोजना हुने भएको हो ।

सभाले असार मसान्तसम्म कायम रहेको चुक्तापूँजीको १३ प्रतिशत बोनस शेयर र ५.५० प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गर्नेछ । बैंकले अन्य कुनै बैंक तथा वित्तीय संस्था प्राप्ति गर्ने वा एकआपसमा गाभिने प्रयोजनका लागि उपयुक्त बैंक वा वित्तीय संस्थाको पहिचान र छनोट गर्ने, समझदारीपत्रमा हस्ताक्षर गर्ने र सो कार्यका लागि सम्पूर्ण कम अगाडि बढाउँने अख्तियारी सञ्चालक समितिलाई दिने प्रस्ताव पनि पारित गर्नेछ ।

साधारणसभा प्रयोजनको लागि बैंकले पुस २२ गतेदेखि बुक क्लोज गरेको छ । बुक क्लोजको आधारमा नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा पुस २१ गतेसम्म कारोबार भई पुस २७ गते भित्र बैंकको शेयर रजिष्ट्रार एनआइबिएल एस क्यापिटल लिमिटेडमा प्राप्त भएको नामसारीको लिखतको आधारमा शेयरधनी दर्ता किताबमा कायम शेयररधनीहरुले सभामा भाग लिनुका साथै प्रस्तावित लाभांश प्राप्त गर्न सक्ने छन् ।

8920
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका