नेपाल स्टक एक्सचेन्ज नेप्सेमा मंगलबार ६४ लाख कित्ता कित्ता बढी शेयर सुचिकृत भएको छ । मंगलबार १ वाणिज्य बैंक र १ विकास बैंकको गरि कुल ६४ लाख ६१ हजार ५ सय ९९ दशमलव ६५०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो।
आज नेपाल एसबिआइ बैंकको ६ प्रतिशतले हुन आउने ५३ लाख ७३ हजार ७ सय २३ दशमलव ३३ कित्ता बोनस शेयर र तिनाउ मिसन डेभलपमेन्ट बैंकको ६ प्रतिशतले हुन आउने १० लाख ८७ हजार ८ सय ७६ दशमलव ३२०५ कित्ता बोनस शेयर सुचिकृत भएको हो ।
शेयर सुचिकृत भएसंगै आफ्नो डिम्याट खातामा शेयर आएपछि लगानीकर्ताले यी शेयर खरिद बिक्रि गर्न सक्ने छन् ।