जोडिनुहोस
बुधबार, माघ २२, २०८२
बुधबार, माघ २२, २०८२
  • होमपेज
  • एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

एनसीसी बैंकको संस्थापक शेयर विक्रीमा

नेपाल क्रेडिट एण्ड कमर्स (एनसीसी) बैंक लिमिटेडले एक लाख ८२ हजार ८ सय ४२ कित्ता संस्थापक समूहको शेयर बिक्री गर्ने भएको छ । बैंकले एक सूचना प्रकाशन गर्दै यस्तो जनाएको हो ।

नेपाल राष्ट्र बैंकको निर्देशन बमोजिम सर्वप्रथम बैंकका संस्थापक शेयरधनीहरुलाई नै प्राथमिकता दिनुपर्ने भएकाले संस्थापक शेयर खरिद गर्न इच्छुक संस्थापक शेयरधनीहरुलाई सूचना प्रकाशन भएको मितिले ३५ दिनभित्र आवश्यक कागजपत्र संकलन गरेर बैंकको बागबजार, काठमाडौँस्थित सेयर शाखामा आइपुग्ने गरि निवेदन दिन बैंकले आग्रह गरेको छ ।

7375
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका