जोडिनुहोस
बिहिबार, जेष्ठ २१, २०८३
बिहिबार, जेष्ठ २१, २०८३
  • होमपेज
  • नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने

नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने

नबिल बैंकले आफ्ना ग्राहकहरुको सुबिधालाई ध्यानमा राखी नबिल बैंकको वेबसाइट मार्फत नबिल आई कार्डको लागि निवेदन दिन मिल्ने सुविधा ल्याएको छ ।

यस नया“ सुविधा मार्फत नबिल बैंकमा खाता भएका ग्राहक बर्गहरुले आफै बैंकको वेबसाइटमा ‘https://nabilbank.com/en/personal/card-e-banking/products/nabil-icard)’ विकल्प छानि निवेदन दिइ, आफूलाई पायक पर्ने नबिल बैंकको कुनै पनि शाखाबाट कार्ड संकलन गर्न सक्नेछन । यो कार्ड सम्बन्धी प्रायः सोधिने प्रश्नहरू वेबसाइटको समान खण्डमा उपलब्ध छन् जुन ग्राहकले सजिलैसँग सन्दर्भ गर्न सक्दछन् । थप जानकारीका लागि ग्राहकहरूले बैंकको ग्राहक सेवा फेनमा ९०१–५९७००१५० सम्पर्क गर्न सक्नेछन् ।

विश्वव्यापी रुपमा फैलिएको कोभिड १९ महामारीको समयमा आङ्खनो ग्राहकहरुको हित तथा आवश्यकतालाई मध्यनजर गर्दै स्वस्थ्य एवम सुरक्षित कारोबारको सुविधा प्रदान गर्ने उद्देश्यले नबिल बैंकले यो नया“ सुबिधा ल्याएको बैंकले जनाएको छ ।

8515
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

धेरै टिप्पणी गरिएका