दक्षिण कोरियाली स्मार्टफोन निर्माता कम्पनी सामसुङले ग्यालेक्सी एस १० को नयाँ संस्करण ल्याउने योजना बनाइरहेको छ ।
यो फोन ग्यालेक्सी एस १० लाइट हुन सक्ने र अलि सस्तो हुने अनुमान गरिएको छ । यस फोनमा ४५ वाटको फाष्ट चार्जिङ हुने अपेक्षा गरिएको छ ।
यसमा ग्यालेक्सी ए९१ मा भएको जस्तै चिप अर्थात् स्न्यापड्र्यागन ८५५ हुन सक्ने अफवाह चलेको छ ।
फोनमा ८ जीबीको र्याम भएपनि यसलाई बढाएर १ सय २८जिबीसम्म पुर्याउन सकिनेछ । फोनको मुख्य क्यामरा ४८ एमपीको हुने, १२ एमपीको अल्ट्रा–वाइड लेन्स र ५ एमपीको डेप्थ सेन्सर र जीएसएमएरेना हुन सक्ने बताइएको छ ।
फोनको अगाडि पट्टीको सेल्फी क्यामरा भने ३२ एमपीको हुन सक्ने छ । ४५ वाटको फाष्ट चार्जिङलाई टेवा दिन मोबाइलमा ४ हजार ५ सय एमएएचको ब्याट्री राखिने अपेक्षा छ । फोनको डिस्प्ले ६ दशमलव ७ इञ्चको हुने अनुमान छ ।