जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर अनुमोदन गर्न असार ३० मा डाक्यो साधारणसभा

सगरमाथा इन्स्योरेन्सले ११ प्रतिशत बोनस सेयर अनुमोदन गर्न असार ३० मा डाक्यो साधारणसभा

सगमाथा इन्स्योरेन्स कम्पनीले असार ३० गते बार्षिक साधारणसभा डाकेको छ। कम्पनीको साधारणसभाले लाभांस पारित गर्ने छ।

कम्पनीको २४औं साधारणसभामा ११ प्रतिशत बोनस सेयर र त्यसमा लाग्ने कर प्रयोजनका लागि ०.५७ प्रतिशत नगद लाभांसको प्रस्ताव लगिँदैछ।

कम्पनीको चुक्ता पुँजी एक अर्ब रुपैयाँ छ। बोनस सेयरपछि चुक्ता पुँजी ११ करोड रुपैयाँले बढ्ने छ।

कम्पनीले पछिल्लो नौं बर्षमा ७ पटक लाभांस वितरण गरेको छ। १२९ प्रतिशतसम्म लाभांस दिएको छ। यसपाली वितरण गर्न लागिएको लाभांस सबैभन्दा न्यून हो।

9350
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?