जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • सामाजिक सुरक्षा कोषविरुद्ध सडकमा उत्रिए बैंक कर्मचारी

सामाजिक सुरक्षा कोषविरुद्ध सडकमा उत्रिए बैंक कर्मचारी

असार मसान्तअघि नै दर्ता हुन सामाजिक सुरक्षा कोषले पत्र काटेपछि बैंक तथा वित्तीय संस्थाका कर्मचारी आन्दोलित बनेका छन्।

उनीहरुले बुधबार कोषको विरोधमा र्‍याली गरेका छन्। केही दिनदेखि कालोपट्टी बाँधेर काम गरिरहेका उनीहरुले कोषलाई स्वैच्छिक बनाउन माग गरिरहेका छन्।

सामाजिक सुरक्षा छैन उसलाई कोषमा लैजानुपर्नेमा जसको पहिलेदेखि नै राम्रो सामाजिक सुरक्षा छ, उसलाई जबर्जस्ती लैजान खोज्ने कोषको कदम गलत भएको उनीहरुको माग छ।

बुधबार उनीहरुले राजधानीका विभिन्न स्थानमा प्रदर्शन गरेका छन्। कार्यालय अगाडि पनि विरोधका तुलहरु टाँगेका छन्। मसान्तम ‘रिकभरी’ तिर ध्यान दिनुपर्ने बेलामा आन्दोलन गर्न बाध्य हुनु परेको उनीहरुको गुनासो छ।

उनीहरुका अनुसार, आफ्नो अहिलेसम्म कमाएको पैसा बुझाउनुपर्ने, बुझाएपछि फिर्ता नआउने, पेन्सन आएपनि मूलधन डुब्ने छ।

त्यही भएर यसलाई स्वैच्छिक बनाउन उनीहरुले माग गरेका छन्। पहिलो चरणमा उनीहरुले आफ्नो बैंकको व्यवस्थापनलाई विरोधपत्र बुझाएका थिए। उनीहरुको मागको सुनुवाइ नभएपछि आन्दोलन आक्रामक बनाउँदै लगेका हुन्।

8470
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका