जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ज्योति लाइफको जीवन बीमा कोष ११४ प्रतिशतले बढ्यो, नाफा १३ करोड रुपैयाँ

ज्योति लाइफको जीवन बीमा कोष ११४ प्रतिशतले बढ्यो, नाफा १३ करोड रुपैयाँ

ज्योति लाइफ इन्स्योरेन्स कम्पनीले यस वर्ष मुनाफा सहित हरेक सूचकमा उल्लेख्य सुधार गरेको छ । गत आर्थिक वर्ष २०७७/७८ को वित्तीय विवरण अनुसार खुद नाफा ८० प्रतिशतले बढाउन सफल भएको छ । खुद नाफा १३ करोड रुपैयाँ रहेको छ । जवकी अघिल्लो आर्थिक वर्षमा ७ करोड २० लाख रुपैयाँ मात्रै थियो ।

कम्पनीले खुद बीमा शुल्क आर्जन र कुल बीमा शुल्क आर्जन पनि ६४ प्रतिशत भन्दा धेरैले बढाउन सफल भएको छ । खुद बीमा शुल्क आर्जन तीन अर्ब रुपैंयाँ रहेको छ भने कुल बीमा शुल्क आर्जन तीन अर्ब ११ करोड रुपैयाँ रहेको छ ।

गत वर्ष प्राथमिक शेयर निष्काशन गरेको ज्योति लाइफको चुक्ता पूँजी २ अर्ब २० करोड रुपैया रहेको छ भने जगेडा कोषमा ५७ करोड ५८ लाख रुपैयाँ जम्मा भएको छ । त्यस्तै जीवन बीमा कोष पनि ११४ प्रतिशतले बढाउन सफल भएको छ । जीवन बीमा कोषमा तीन अर्ब ९८ करोड रुपैयाँ जम्मा भएको छ । कोषमा भएको सुधार सँगै कम्पनीको दिर्घकालिन लगानी तथा कर्जा पनि बढेको छ । दिर्घकालिन लगानी तथा कर्जा ५४ प्रतिशतले बढेर ४ अर्ब ८८ करोड रुपैंयाँ रहेको छ भने बीमालेख धितोमा राखेर प्रवाह हुने कर्जा पनि १११ प्रतिशतले बढेको छ । बीमितिले आफ्नो बीमालेख धितोमा राखेर ४६ करोड ३ लाख रुपैयाँ कर्जा लिएका छन् ।

गत वर्ष अभिकर्ताहरुले पनि ४६ करोड ३३ लाख रुपैयाँ कमिसन बुझेका छन् । दाबी भुक्तानी साढे ९ गुणाले बढेको छ ।

6750
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका