जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • यी बैंक तथा वित्तीय संस्थाको फाइनान्सियल रिपोर्ट उत्कृष्ट ठहर, आईक्यानबाट पाए अवार्ड

यी बैंक तथा वित्तीय संस्थाको फाइनान्सियल रिपोर्ट उत्कृष्ट ठहर, आईक्यानबाट पाए अवार्ड

नेपाल चार्टर्ड एकाउन्टेन्ट्स संस्था(आईक्यान)ले सन् २०२० मा उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई सम्मान गरेको छ । आईक्यानले आज आइतबार उत्कृष्ट वित्तीय विवरण प्रकाशन गर्ने संस्थाहरुलाई नेशनल बेस्ट प्रिजेन्टेड अन्युअल रिपोर्ट (बिपिए) २०२० अवार्ड प्रदान गरेको हो ।

आईक्यानले विभिन्न ५ विधामा यो अवार्ड प्रदान गरेको हो । बैंकिङ सेक्टर, फाइनान्सियल सेक्टर, इन्स्योरेन्स सेक्टर, इन्स्योरेन्स सेक्टर, पब्लिक सेक्टर इन्टिटि र जनरल सेक्टर विधामा अवार्ड प्रदान गरिएको हो । 

जस अनुसार बैंकिङ सेक्टरको अवार्ड स्ट्याण्डर्ड चार्टर्ड बैंकले पाएको छ भने नेपाल एसबिआई बैंक दोस्रो उत्कृष्ट भएको छ । त्यस्तै फाइनान्सियल सेक्टरको  अवार्ड मुक्तिनाथ विकास बैंकले पाएको छ भने लुम्बिनी विकास बैंक दोस्रो भएको छ । पब्लिक सेक्टर इन्टिटिको अवार्ड नेपाल टेलिकमले पाएको छ ।  जनरल सेक्टर अन्तर्गतको अवार्ड बोटलर्स नेपालले पाएको छ भने चिलिमे हाइड्रो र एनएनसीएचएल संयुक्त रुपमा दोस्रो उत्कृष्टमा पर्न सफल भएका छन् । इन्स्योरेन्स सेक्टरमा भने कुनै पनि कम्पनीको तोकिएको अंक नपुगेकोले कसैले अवार्ड नपाएको आईक्यानले जनाएको छ ।  

आईक्यानले सन् २००३ देखि यो अवार्ड वितरण गर्दै आएको छ । 

7925
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका