जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस, कर्मचारीले कागजविहीन काम गर्ने वातावरण बन्ने

नबिल बैंकले ल्यायो नबिल डिजी वर्कस्पेस, कर्मचारीले कागजविहीन काम गर्ने वातावरण बन्ने

नबिल बैंकले कर्मचारीको दक्षता बढाउने उद्देश्यले नबिल डिजी वर्कस्पेस ल्याएको छ।  बैैकका अनुसार यसले हाल चलनचल्तीमा रहेको इन्ट्रानेटलाई बिस्थापित गर्नेछ।

अबदेखि बैंकका सबै कर्मचारीले आफूले गर्नुपर्ने दैनिक कामकाज नबिल डिजी वर्कस्पेसमा गएर इन्ट्री गर्ने तथा विद्युतीय प्रणालीबाट उक्त कामको प्रक्रिया अघि बढ्ने बिज्ञप्तीमार्फत बैंकले जानकारी दिएको छ।

बैंकका अध्यक्ष उपेन्द्र प्रसाद पौड्यालले कागजबिहीन काम गर्ने वातावरण अबको आवश्यकता भएङ्काले डिजी वर्कस्पेस ल्याइएको बताए।

नबिल डिजी वर्कस्पेसमा कर्मचारीहरुले गर्नुपर्ने दैनिक कामहरुको जानकारी एक क्लिकमै भेट्ने बैंकले जनाएको छ।

यसबाट कम समयमा काम सम्पन्न हुनुका साथै सेवा छरितो हुने  बैंकले विश्वास लिएको छ।

अबका दिनमा फाइल स्वीकृत गर्ने कर्मचारीहरुले सिस्टम अलर्ट पाउने र त्यहाँ अपलोड गरिएका फाइलहरु हेरेरै ग्राहकका कामहरु स्वीकृत गर्न सक्ने बैंकले जारी गरेको बिज्ञप्तीमा उल्लेख छ।

4110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका