जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • जगदम्बा स्टिल्समा तोडफोडमा संलग्नलाई कानूनी कारबाही गर्न छानबिन समितिको सुझाव

जगदम्बा स्टिल्समा तोडफोडमा संलग्नलाई कानूनी कारबाही गर्न छानबिन समितिको सुझाव

वीरगञ्ज–पथलैया औद्योगिक करिडोरमा रहेको जगदम्बा स्टिल्स प्रालिमा भदौ ११ गते आक्रोशित स्थानीयवासीले तोडफोड गरेको छानबिन समितिले ठहर गरेको छ ।

उद्योग परिसरभित्र रहेको एमोनियाँ ग्यास प्लान्टको पाइपलाइनबाट ग्यास चुहावट भई उद्योग परिसर बाहिर ग्यास फैलिएपछि आक्रोशित भएका स्थानीयले उद्योगभित्र प्रवेश गरेर तोडफोड गरेको छानबिन समितिको प्रतिवेदनमा उल्लेख छ ।

समितिले बारा पुगेर स्थलगत छानबिनपछि शुक्रबार गृहमन्त्री बालकृष्ण खाँणलाई प्रतिवेदन बुझाउँदै तोडफोडमा संलग्नलाई कानून बमोजिम कारबाही गर्न र औद्योगिक सुरक्षाको व्यवस्था प्रभावकारी बनाउन सुझाव समेत दिएको छ ।

यसैगरी उद्योगका तर्फबाट औद्योगिक सुरक्षा मापदण्ड पालना गर्न, उद्योगबाट सिर्जना हुने प्रदूषण नियन्त्रण गर्न र उद्योगमा कामदार तथा कर्मचारी भर्ना गर्दा योग्यता पुगेका स्थानीयहरुलाई प्राथमिकता दिन उपयुक्त हुने पनि सुझाव दिएको छ ।

भदौ ११ गते जगदम्बा स्टिल्सको बारास्थित उद्योगमा प्रवेश गरेर केही व्यक्तिले तोडफोड गरेका थिए  ।

5850
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका