जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • नेप्सेको सिइओ खोज्दै सरकार, माग्यो १५ दिने आवेदन

नेप्सेको सिइओ खोज्दै सरकार, माग्यो १५ दिने आवेदन

सरकारले नेपाल स्टक एक्सचेञ्ज (नेप्से)को को प्रमुख कार्यकारी अधिकृत (सिइओ) नियुक्तिका लागि आवेदन माग गरेको छ । अर्थ मन्त्रालयले १५ दिनभित्र आवेदन दिन भन्दै सूचना प्रकाशित गरेको छ ।

नेप्सेको सिइओमा आवेदन दिनको लागि १५ दिनभित्र आवेदन दिइसक्नु पर्ने छ । त्यसको लागि मन्त्रालयले मापदण्ड समेत तयार पारेको छ । सिइआको लागि अर्थशास्त्र, वाणिज्य शास्त्र, वित्त, लेखा, व्यवस्थापन वा वाणिज्य कानुन विषयमा मान्यता प्राप्त शिक्षण संस्थाबाट स्नातकोत्तर वा चार्टर्ड एकाउन्टेन्सी भएको हुनुपर्ने छ ।

साथै, पुँजीबजार, उद्योग, वाणिज्य, वित्त, लेखा, कानुन वा व्यवस्थापन क्षेत्रहरू मध्ये कुनै एक वा एक भन्दा बढी क्षेत्रमा कम्तीमा पाँच बर्षको अनुभव हासिल गरेको हुनुपर्ने मापदण्ड रहेको छ । सिइओ ब्रन्नको लागि ३० बर्ष पुरा भर्इ ६० ननाघेको हनु पर्नेछ । सर्वोत्तम सिमेन्ट प्रकरणमा परेर नेप्सेका तत्कालित सिइओ चन्द्रसिंह साउदले पदबाट राजीनामा दिएका छन् । साउदले राजीनामा दिएसँगै नयाँ सिइओको लागि आवेदन खुला गरेको छ ।

उक्त प्रकरणमा मुछिएका धितोपत्र बोर्डका अध्यक्ष भिष्मराज ढुंगानालाई सरकारले बर्खास्त गरेसँगै अध्यक्ष नियुक्तीको लागि सरकारले आवेदन खुला गरिसकेको छ । दुवै निकायमा मन्त्रिपरिषदले नियुक्त गर्नेछ ।

6045
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका