जोडिनुहोस
शनिबार, जेष्ठ ३०, २०८३
शनिबार, जेष्ठ ३०, २०८३
  • होमपेज
  • कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

कामना सेवा विकास बैंकको क्षेत्रीय तथा पुनर्निर्मित बुटवल शाखा उद्घाटन

कामना सेवा विकास बैंक लिमिटेडले रुपन्देही जिल्ला बुटवल उप–महानगरपालिका वडा नम्बर ६, पुष्पलालपार्क स्थित शाखा कार्यालय रहेको भवनमा नै आफ्नो क्षेत्रीय कार्यालय स्थापना गरेको छ । बैंकका अध्यक्ष सुदिप आचार्य र सञ्चालक भिम प्रसाद तुलाचनले आज एक समारोहका बीच उक्त क्षेत्रीय कार्यालय तथा पुनर्निर्मित बुटवल शाखा कार्यालयको एकसाथ संयुक्त रुपमा समुद्घाटन गरेका थिए ।

ग्राहकहरुको सुविधालाई मध्यनजर गरी अत्याधुनिक सुविधा सम्पन्न शाखा कार्यालयद्वारा अझै सहज र छरितो रुपमा सेवा प्रदान गर्ने हेतुले हाल सञ्चालित कार्यालयको पुनर्निर्माण गरिएको थियो । बैंकको व्यवसायको मुख्य आधारको रुपमा रहेको बुटवलमा क्षेत्रीय कार्यालय स्थापनासंगै सेवा प्रवाह अझै छरितो र व्यवसाय समेत वृद्धि हने कुरामा आफू विश्वस्त रहेको बैंकका प्रमुख कार्यकारी अधिकृत प्रविण बस्नेतले बताए ।

उक्त उद्घाटन समारोहमा बैंकका संस्थापकहरु, पत्रकारहरु, ग्राहकहरु, बैंकका क्षेत्रीय प्रमुख, तथा कर्मचारीहरु लगायत स्थानीयहरुको उपस्थिति रहेको थियो । 

8620
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका