जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • ट्याक्सीको भाडा बढ्यो, चालकले यात्रुलाई आफ्नो भिजिटिभ कार्ड दिनुपर्ने ब्यबस्था

ट्याक्सीको भाडा बढ्यो, चालकले यात्रुलाई आफ्नो भिजिटिभ कार्ड दिनुपर्ने ब्यबस्था

बागमती प्रदेश सरकारले ट्याक्सीको भाडा दर बढाएको छ । बागमती प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालयले पुस २० गते मन्त्री स्तरीय निर्णय गर्दै भाडा बढाएको हो ।

‘भाडा निर्धारण/समायोजन तथा विद्युतीय माध्यमवाट भाडा भुक्तानी नियमावली,२०७८’ बमोजिम बागमती प्रदेशबाट स्वीकृति प्राप्त गरी सञ्चालन भइरहेका ट्याक्सी सेवाको भाडादर समायोजन गरि निर्धारण गरिएको मन्त्रालयका सूचना अधिकारी रोजन पोखरेलले जानकारी दिएका छन्। उनका अनुसार नयाँ भाडादर माघ १ गतेदेखि लागु हुने छ।

परिमार्जित भाडादर अनुसार अबउपत्यकामा सञ्चालित ट्याक्सी सेवाको पहिलो १ कि.मि. सम्मको यात्राको शूरु फ्लाग डाउन रु ६० कायम गरिएको। शुरुको १ कि.मि.यात्रा पश्चात प्रति २०० मिटरको ९ रुपैयाँ ८० पैसा थप हुने गरी कायम गरिएको छ।

त्यस्तै मन्त्रालयले ट्याक्सी सेवा प्रदायकले पालना गर्नु पर्ने सर्तहरु पनि तोकेको छ । जस अनुसार ट्याक्सीहरुले पूर्णरुपमा मिटर प्रयोग गर्नुपर्ने र मिटरमा नै हिड्नुपर्ने, सेवाग्राहीलाई ट्याक्सी प्रयोग गर्ने वित्तिकै सवारी साधनको नम्बर, चालकको सम्पर्क नं सहितको विवरण भएको अंग्रेजी र नेपाली माध्यमको भाषा भएको भिजिटिभ कार्ड उपलब्ध गराउनुपर्ने, ट्याक्सीमा छुटेको सामान ट्याक्सी सेवा प्रदायकले सुरक्षित राखि नजिकको प्रहरीलाई सूचना दिनुपर्ने र ट्याक्सी नियमित रुपमा सरसफाई गरी लैङ्गिक विभेद रहित सेवाग्राही मैत्री व्यवहार गर्नुपर्ने रहेको छ।

7110
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका