जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • मेटलाइफ फर्चयुन म्यागजिनको प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा पर्न सफल

मेटलाइफ फर्चयुन म्यागजिनको प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा पर्न सफल

मेटलाइफ फर्चयुन म्यागजिनको २०२२ को सबैभन्दा प्रशंसनीय बीमा कम्पनीहरुको सूचिमा पर्न सफल भएको । मेटलाइफको अनुसार  प्रशंसनीय मानिएका कम्पनीहरुको वार्षिक प्रतिवेदन कार्डमा आठ जीवन बीमा कम्पनीहरुमध्ये मेटलाइफ पनि  समावेश गरिएको हो ।

बीमा उद्योगमा सबैभन्दा बलियो प्रतिष्ठा भएका कम्पनीहरुको पहिचानका लागि फर्चयुनले कर्न फेरि नामक विश्वव्यापि संगठनात्मक परामर्शदाता कम्पनीसँग सहकार्य गरेको थियो । यसमा बीमा कम्पनीको लगानी मूल्य, व्यवस्थापनको गुणस्तर, सामाजिक उत्तरदायित्व तथा प्रतिभालाई आकर्षित गर्ने क्षमताजस्ता नौ विभिन्न कारणहरुमा बीमा उद्योगका कार्यकारीहरु, निर्देशकहरुसँग मिलेर फर्चुनले सर्वेक्षण गरेको थियो ।

मेटलाइफका अध्यक्ष तथा प्रमुख कार्यकारी अधिकृत मिशेल खलाफले आफ्नो कम्पनी जीवन बीमा उद्योगमा सबैभन्दा प्रशंसनीय कम्पनीहरु मध्ये एक भएकोमा खुशी लागेको बताए । मेटलाइफका कर्मचारीहरुले कम्पनीको उद्देश्यलाई आत्मसाथ गर्दै ग्राहकहरुलाई गरिएको वाचा पूर्ति गर्न र आफ्ना समुदायहरुमा सकारात्मक परिवर्तन ल्याउन सँधै अग्रसर रहेकाले फर्चयुनले प्रदान गरेको यो मान्यता आफ्नै कर्मचारीहरुको मान्यता भएको सीइओ खलाफले बताए ।

6030
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?