जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • शेयरधनीलाई लाभांस वितरण गर्न हिमालयन बैंकलाई अनुमति

शेयरधनीलाई लाभांस वितरण गर्न हिमालयन बैंकलाई अनुमति

नेपाल इन्भेष्टमेन्ट बैंकसँगको मर्जर विवादका कारण हिमालयन बैंकलाई लाभांस वितरणमा रोक लगाइएकोमा अदालतले त्यसका लागि बाटो खुलाएको छ । नियमअनुसार बैंकले लाभांस वितरण गर्न दिन उच्च अदालत पाटनले नेपाल राष्ट्र बैंकले परमादेश दिएको छ ।

गत २० चैतमा भएको फैसलालाई प्रष्ट पार्दै अदालतले लाभांस वितरण गर्न पाउने जानकारी बैंकलाई दिएको छ । फैसलाको जानकारीमा भनिएको छ,‘निवेदन हिमालयन बैंक लिमिटेडबाट आर्थिक वर्ष २०७७–०७८ को नगद दाभांस वितरण गर्न सक्ने अवस्था देखिदा सो सम्बन्धमा वित्तिय दृष्टिकोणबाट जो जे गर्नुपर्ने हो गरि नगद लाभांस वितरण गर्न निवेदन हिमालयन बैंक लिमिटेडेलाई आवश्यक निर्देशक दिनु भनि विपक्षी नेपाल राष्ट्र बैंकको नाउँमा परमादेश जारी हुने ठहर्छ’ भन्ने फैसला भएको व्यहोरा जानकारी गराइन्छ ।’

इन्भेष्टमेन्ट बैैंकसँगको मर्जर प्रक्रिया तोडेको भन्दै राष्ट्र बैंकले उसलाई लाभांस वितरणमा रोक लगाएको थियो । त्यसविरुद्ध बैंक अदालत गएकोमा बैंकको पक्षमा फैसला भएको हो ।

7180
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?