जोडिनुहोस
आइतवार, मंसिर २२, २०८२
आइतवार, मंसिर २२, २०८२
  • होमपेज
  • सेन्चुरी बैंकको १८ लाख २१ हजार संस्थापक सेयर बिक्रीमा

सेन्चुरी बैंकको १८ लाख २१ हजार संस्थापक सेयर बिक्रीमा

सेन्चुरी कमर्सियल बैंक लिमिटेडले संस्थापक समूहको सेयर बिक्री गर्ने भएको छ। बैंकले विभिन्न संस्थापक सेयरधनीहरुका नाममा रहेको १८ लाख २१ ह्जार ६० कित्ता सेयर बिक्री गर्ने भएको हो। 

यो सेयर खरिदको पहिलो प्राथमिकतामा संस्थापकहरु नै छन्। इच्छुक संस्थापक सेयरधनीहरुलाई बैंकले सूचना प्रकाशित गरेको ३५ दिनभित्र लिखित निवेदन पेस गर्न सक्ने जनाइएको छ।

आवेदन बैंकको केन्द्रीय कार्यालय पुतलीसडक काठमाडौंमा निवेदन बुझाउन सक्नेछन् । उल्लेखित अवधिमा पर्याप्त आवेदन नपरे मात्रै सेयर अरुले किन्न पाउने छन्।

संस्थापक सेयरधनीहरुबाट खरिदमा अनिच्छा देखिए अरुलाई किन्न दिइने बैंकले जनाएको छ । 

5785
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

ताजा समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?