जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा

नेपाल इन्स्योरेन्सले बोलायो साधारणसभा

नेपाल इन्स्योरेन्सले मर्जरको प्रस्तावबिनै सधारणसभा बोलाएको छ । समितिले निर्जीवन बीमा कम्पनीहरूको न्यूनतम चुक्ता पुँजी साढे २ अर्ब रूपैयाँ पुर्याउन निर्देशन दिएको छ ।

सो पुँजी कायम गर्न अन्य कम्पनीले मर्जरको बाटो रोजिरहेका बेला नेपाल इन्स्योरेन्सले भने मर्जरको प्रस्तावबिनै साधारणसभा बोलाएको हो ।

इन्स्योरेन्सले जेठ ३० गते ७३औँ वार्षिक साधारणसभा डाकेको हो । कम्पनीकाअनुसार सो सभा नेपाल पर्यटन बोर्ड, प्रदर्शनीमार्ग, काठमाडौँमा बिहान ११ बजे शुरु हुनेछ ।

कम्पनीको अधिकृत पुँजी २ अर्बबाट २ अर्ब ६० करोड रूपैयाँ पुर्याउने र सोही बमोजिम कम्पनीको प्रबन्धपत्रको दफा ५ को (क) मा भएको अधिकृत पुँजी सम्बन्धि व्यवस्था संशोधन गर्ने सम्बन्धि प्रस्ताव पारित गर्ने विशेष प्रस्ताव सो सभामा पेश गर्ने छ ।

सभाले ११ प्रतिशत बोनस शेयर र सोको कर प्रयोजनार्थ ०.५७ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्ने छ ।

बोनस सेयर जारी गरेपश्चात कम्पनीको चुक्ता पुँजी १ अर्ब ३७ करोड ८९ लाख ९५ हजार ८०७ रूपैयाँ पुग्ने छ ।

यसका साथै सो सभाले प्रबन्धपत्र तथा नियमावली अभिलेख गर्ने निकाय वा नियमनकारी निकायबाट कुनै फेरबदल गर्न निर्देशन प्राप्त हुन आएमा सो अनुसार गर्न सञ्चालक समितिलाई अख्तियारी प्रदान गर्ने, सञ्चालक समितिमा संस्थापक शेयरधनी समूहबाट प्रतिनिधित्व गर्ने २ जना र सर्वसाधारण शेयरधनी समूहबाट २ जना सञ्चालकहरूको निर्वाचन गर्ने प्रस्ताव पारित गर्नेछ ।

साधारणसभा प्रयोजनका लागि जेठ १७ गतेदेखि ३० गतेसम्म बुकक्लोज गर्ने भएको छ । यस अनुसार जेठ १६ गतेसम्म नेप्सेमा कारोबार भई कायम शेयरधनीहरूले इन्स्योरेन्सको साधारणसभामा सहभागिता जनाउन तथा इन्स्योरेन्सले वितरण गर्ने लाभांश प्राप्त गर्न सक्नेछन् ।

5830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका