जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • म्याग्दीमा महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम सम्पन्न

म्याग्दीमा महालक्ष्मी लाईफको बीमा जागरण कार्यक्रम सम्पन्न

महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडले म्याग्दी जिल्लाको अन्नपुर्ण गाउँपालिका वडा नं। ४ नारच्याङ्गमा ‘यूवासँग महालक्ष्मी लाईफ’ बीमा जागरण कार्यक्रम सम्पन्न गरेको छ।जिल्लाको हिमाली भेगमा संचालित कार्यक्रमको अध्यक्षता स्थानीय श्रीजनशिल आमा समूहको अध्यक्ष नीरमाया पुन गुरुङले गरेकी थिइन् ।  

लक्ष्मण आचार्यले संचालन गरेको  कार्यक्रममा अध्यक्ष गुरुङले पिछडिएको पहाडी र हिमाली भेगमा गरिने यस किसिमको कार्यक्रमले आम मानिसमा बीमा प्रतिको जानकारी र आकर्षण बढ्ने बताए । २६ जनाको सहभागिता रहेको उक्त कार्यक्रममा महालक्ष्मी लाईफ इन्स्योरेन्स लिमिटेडको धवलागिरी क्षेत्रिय प्रमुख जमुना आचार्यले बीमा सम्बन्धी प्रशिक्षण दिएक थिए ।

महालक्ष्मी लाईफले युवा वर्गमा बीमा सम्बन्धी जनचेतना जगाउने उद्देश्यले ‘युवासँग महालक्ष्मी लाईफ’ कार्यक्रम गत वर्ष २०७८ आश्विन महिनाबाट संचालनमा ल्याएको थियो। बीमा जागरण राष्ट्रिय अभियानको यो कार्यक्रम २०७८ चैत्र सम्ममा ८० भन्दा बढी स्कुल कलेज र स्थानीय स्तरमा संचालन भईसकेको छ। 

6615
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?