जोडिनुहोस
शनिबार, मंसिर २१, २०८२
शनिबार, मंसिर २१, २०८२
  • होमपेज
  • आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

आईएमई लाइफ इन्स्योरेन्सले ल्यायो बालकिरण जीवन बीमा योजना

स्थापनाकालदेखि निरन्तर बजार हिस्सा बढाउँदै आएको आईएमई लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आईएमई बालकिरण जीवन बीमा योजना बीमितहरुमाझ लोकप्रिय हुँदै आएको र पछिल्लो समयमा उल्लेख्य संख्यामा बिक्री हुने बीमालेख भएको सार्वजनिक गरेको छ।

बच्चाको जन्मलगत्तै लिन सकिने यो बीमा योजनामा बालबालिका तथा अभिभावक दुवैको पूर्ण अवधिका लागि अधिकतम जोखिम रक्षावरणसहित चौथो वर्षदेखि नै प्रत्येक वर्ष बीमा रकम फिर्ता हुँदै आउँछ।  यसरी प्रत्येक वर्ष फिर्ता हुने रकमले अभिभावकहरुलाई बच्चाको विद्यालय भर्ना तथा अध्ययन खर्चमा सहयोगी भूमिका खेल्ने कुरा कम्पनीका प्रमुख कार्यकारी अधिकृत कवि फुयाँलद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

खासगरी अभिभावक तथा नव अभिभावकहरुका लागि अत्यन्त उपयुक्त तथा सहज यो बीमा योजनामा आफ्नो आवश्यकताअनुसारको बीमा अवधि छनौट गर्न सकिने, दुर्घटना तथा बीरामीको थप जोखिम वहन हुने तथा एउटै बीमामा दोहोरो जीवनको बीमा हुने जानकारी पनि विज्ञप्तिमा दिइएको छ।

3445
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

सम्बन्धित समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?