जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन लाइफ इन्स्योरेन्सद्वारा बीमा दाबी रकम भुक्तानी

सन नेपाल लाइफ इन्स्योरेन्स कम्पनीले मृत्युदाबी भुक्तानीबापतको रकम हस्तान्तरण गरेको छ।

कम्पनीको धनगढी शाखाले बीमित धिरज चौधरीका प्रस्तावक स्व हस्तेकुमार चौधरीको गत वर्ष चैत ५ गते मोटरसाइकल दुर्घटनामा मृत्यु भएको थियो। प्रस्तावक हस्तेकुमार चौधरीले धिरजका नाममा बाल समृद्ध जीवन बीमा (१५ वर्षे अवधि)को खोलेका थिए। उनले ४ वार्षिक बीमाशुल्कबापतको ५४ हजार २१२ भुक्तानी गरी बीमांक रु. २ लाखको जीवन बीमा गराएका थिए।

प्रस्तावक हस्तेकुमार चौधरीको निधनपछि बीमितको संरक्षक आमा सीता चौधरीलाई कम्पनीले मासिक आय सुविधाबापत १६ हजार रुपैयाँ र किरिया खर्चबापत ५० हजार रुपैयाँ गरी ६६ हजार रुपैयाँ दाबी भुक्तानी गरेको हो। उक्त रकम धनगढी शाखाका प्रबन्धक लक्ष्मीकान्त जैसीले हस्तान्तरण गरेका थिए।
5815
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका

छुटाउनु भयो कि?