सगरमाथा इन्स्योरेन्स कम्पनी र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले एक आपसमा मर्जरमा सहमति गरेका छन् । बीमा समितिले बीमा कम्पनीहरुलाई मर्जरमा जान दवाव दिए सँगै सगरमाथा र लुम्बिनी जनरल इन्स्योरेन्स कम्पनीले सहमति जुटाएका हुन् । यदि बराबरी हैसियतमा मर्जर भएमा चुक्ता पूँजी २ अर्ब ६४ करोड रुपैयाँ पुग्नेछ । बीमा समितिले पछिल्लो समय निर्देशन गरे अनुसार निर्जिबन बीमा कम्पनीहरुले न्युनतम चुक्ता पूँजी २ अर्ब ५० करोड रुपैयाँ पुर्याउनु पर्नेछ । स्वाप रेसियो डिडिए पछि मात्रै तय हुने कम्पनीहरुले जनाएका छन् ।
बीमा समितिको निर्देशन पछि यस भन्दा अगाडी एभरेष्ट र हिमालयन जनरल इन्स्योरेन्स कम्पनीको सफल मर्जर भै सकेको छ। त्यसपछि प्रिमियर र सिद्धार्थ इन्स्योरेन्स, सानिमा जनरल र जनरल इन्स्योरेन्सले पनि मर्जरमा सहमति गरेका थिए । जीवन तर्फ प्राइम, गुराँस र युनियन लाइफ, सानिमा लाइफ र रिलायन्स लाइफले मर्जरको सहमति गरेका छन ।