जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • हिमालय एअरलाइन्सको काठमाडौं-कुवेत उडान सुरु, अब हरेक शुक्रबार जाने

हिमालय एअरलाइन्सको काठमाडौं-कुवेत उडान सुरु, अब हरेक शुक्रबार जाने

हिमालय एयलाइन्सले काठमाडौं-कुवेत उडान सुरु गरेको छ। आफ्नो अन्तर्राष्ट्रिय पहिचानलाई विस्तार गर्दै आठौं अन्तर्राष्ट्रिय निर्धारित गन्तव्य र छैटौं गल्फ सिटी कुवेतको लागि हिमालयले शुक्रबार राति पहिलो उडान गरेको हो।

काठमाडौंबाट उडेको हिमालयको एयरबस-३२० जहाज यात्रु लिएर बिहान ९१७ बजे त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल फर्किएको छ। अब हरेक शुक्रबार काठमाडौं-कुवेत र शनिबार कुवेत-काठमाडौं उडान हुने कम्पनीले जनाएको छ। अरब प्रायद्वीपका देश कुवेत विशेष गरी रोजगारी र व्यापारिक उद्देश्य लिएर जाने नेपालीहरूका लागि महत्त्वपूर्ण गन्तव्य हो।

नेपाल-कुवेतबीच २००६ जनवरी २३ मा हवाई सेवा सम्झौता भएको थियो। काठमाडौंलाई कुवेतसँग सीधा जोड्ने नेपालको पहिलो वायुसेवा कम्पनी बन्न पाउनु हिमालय एअरलाइन्सका लागि गर्वको कुरा भएको विज्ञप्तिमा उल्लेख छ।

कम्पनीका प्रशासनिक उपाध्यक्ष विजय श्रेष्ठले यात्रुलाई प्रभावकारी अन्तर्राष्ट्रिय हवाई सेवा उपलब्ध गराउँदै आएको सन्दर्भमा हिमालयले काठमाडौं–कुवेत–काठमाडौं सेक्टरको सुरुवात पनि गरेको जनाएका छन्।

कोभिड-१९ महामारी र पछिल्लो समयको युक्रेन संकटबाट प्रभावित राष्ट्रिय अर्थतन्त्र र एअरलाइन्सका लागि यो नयाँ रुटमा सेवा सुरु गर्दा केही सहजता हुने अपेक्षा गरिएको उनले बताएका छन्।

 

4985
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

छुटाउनु भयो कि?