जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • नेपाल बैंकको डबल धमाका मुद्दति खाता, ६ वर्ष ४ महिनामा खातामा राखेको रकम दुई गुणा हुने

नेपाल बैंकको डबल धमाका मुद्दति खाता, ६ वर्ष ४ महिनामा खातामा राखेको रकम दुई गुणा हुने

नेपाल बैंकले डबल धमाका मुद्दति खाता संचालनमा ल्याएको छ। व्यक्तिले मुद्दति खातामा पैसा राखेको रकम ६ वर्ष ४ महिना २० दिनमा दुई गुणा हुने बैंकले जनाएको छ। बैंकका अनुसार संस्थाको हकमा ७ वर्ष ३ महिनामा मुद्दति रकमको दुई गुणा हुनेछ।

यस्तै रेमिटेन्सबाट प्राप्त रकम मुद्दति खातामा राख्दा पाँच वर्ष ११ महिना दुई दिनमा दुई गुणा हुने बैंकले जनाएको छ। बैंकका अनुसार यो मुद्दति खाता खोल्ने ग्राहकले पाँच लाख रुपैयाँसम्मको क्रेडिट कार्ड सुविधा पाउनेछन्।

नेपालभरका बैंकका शाखाबाट यो खाता खोल्न सकिने बैंकद्वारा जारी विज्ञप्तिमा उल्लेख छ।

5000
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका