जोडिनुहोस
शुक्रबार, जेष्ठ २२, २०८३
शुक्रबार, जेष्ठ २२, २०८३
  • होमपेज
  • शेयर कर्जा मिलाउन खेतानले बेचे लक्ष्मी बैंकको ३६ लाख कित्ता शेयर

शेयर कर्जा मिलाउन खेतानले बेचे लक्ष्मी बैंकको ३६ लाख कित्ता शेयर

व्यवसायी राजेन्द्र खेतानले लक्ष्मी बैंकको झन्डै ३६ लाख कित्ता शेयर बिक्रि गरेका छन् । उनले शेयर धितो कर्जाको सीमा मिलाउन ३५ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् ।

उनले ठूलो मात्रामा बैंकको शेयर बिक्रि गर्दा आइतबार लक्ष्मी बैंकको सर्वाधिक २६ करोडको कारोबार भएको थियो । उनले ३ पटकमा गरेर शेयर बिक्रि गरेका हुन् । उनले पहिलो चरणमा ११ लाख कित्ता , दोस्रो चरणमा पनि ११ लाख कित्ता र तेस्रो तथा अन्तिम चरणमा १३ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् । त्यस्तै उनले हिमालयन एभरेष्ट इन्स्योरेन्सको ४ लाख कित्ता शेयर पनि बेचेका छन् । उनले सबै शेयर ब्रोकर नम्बर ४९ बाट बिक्रि गरेका हुन् ।

असोज ९ गते आइतबार ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको १३ लाख ७६ हजार ६ सय ५० कित्ता शेयर बिक्रि भएको छ । यी शेयर प्रति कित्ता १८६ देखि १९४ रुपैयासम्ममा बिक्रि भएका हुन् । त्यस्तै असोज २ गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख ४ हजार १ सय ५२ कित्ता शेयर बिक्रि भएको छ । यी शेयर प्रति कित्ता १८८ देखि १९८ रुपैयाँसम्म बिक्रि भएका हुन् ।  त्यस्तै भदौ ३० गते ब्रोकर नम्बर ४९ बाट लक्ष्मी बैंकको ११ लाख १ सय १० कित्ता शेयर बिक्रि भएको छ ।  यी शेयर प्रति कित्ता १९४ देखि १९७ रुपैयाँसम्ममा बिक्रि भएका हुन् ।  यी ३ दिनमा गरेर उनले  ३५ लाख ७५ हजार कित्ता शेयर बिक्रि गरेका हुन् ।

झन्डै १ अर्बको शेयर कर्जा रहेका उनको यी शेयर बिक्रि गरेपछि कर्जाको सीमा १२ करोड भित्रै आई पुगेको बताईएको छ ।

4605
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्