जोडिनुहोस
आइतवार, जेष्ठ ३१, २०८३
आइतवार, जेष्ठ ३१, २०८३
  • होमपेज
  • सहुलियत र पुनर्कर्जामार्फत ब्याज घटाउनु पर्ने सुझाब

सहुलियत र पुनर्कर्जामार्फत ब्याज घटाउनु पर्ने सुझाब

ब्याजदर अध्ययन गर्न गठित समितिले अध्ययन प्रतिवेदन अर्थमन्त्री समक्ष बुझाएको छ। समितिले सोमबार प्रतिवेदन बुझाएको हो। ब्याजदर सम्बन्धि अध्ययन गर्न मन्त्रालयका सहसचिव बाबुराम सुवेदीको संयोजकत्वमा समिति बनाएको थियो। अर्थमन्त्री जनार्दन शर्माले निक्षेपको ब्याज उच्च हुँदा त्यसले उत्पादकत्व नबढाउने भन्दै ब्याज घटाउने बारे आवश्यक काम गरिने बताइरहेका थिए।

१० सदस्यीय समितिमा प्रधानमन्त्री कार्यालय, उद्योग बाणिज्य मन्त्रालय, राष्ट्रिय योजना आयोग, नेपाल राष्ट्र बैंकबाट एक/एक जना सदस्य हुने छन्।

नेपाल बैंकर्स संघबाट दुई जना र निजी क्षेत्रका संगठनहरुबाट तीन जना सदस्य हुने छन्। समितिले आवश्यक छलफल गरी सात दिनभित्र सुझाब दिनु पर्ने उल्लेख थियो।

समितिले ब्याजमा प्रत्यक्ष हस्तक्षेपभन्दा पनि तरलता उपलब्ध गराएर नियन्त्रण गर्नु पर्ने सुझाब दिएको छ। साथै पुनर्कर्जालगायत सहुलियतपूर्ण ऋणमार्फत ब्याज दर नियन्त्रण गर्नु पर्ने सुझाब दिइएको छ।

3830
Shares

तपाइको प्रतिक्रिया दिनुहोस्

लोकप्रिय समाचार

प्रचलन खबर

धेरै टिप्पणी गरिएका